गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । मृतक रा�. . .
काठमाडौं । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्ष�. . .
तानसेन । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलस. . .
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछ�. . .
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छै�. . .
टक्सार (भोजपुर)। गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हु�. . .
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्�. . .
काठमाडौं । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडा दसैँ सुरु हुन्छ । आज बिहान १० : २३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा . . .
लुम्बिनी । न बस्ने व्यवस्था छ, न त शौचालय । खानेपानीको प्रबन्ध पनि छैन । “प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन”, असोज ४ गते सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुग्नुभएका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो, “भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन ।” “बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयको गा�. . .
काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो । नेपालमा उस्ताद गणेशलाल . . .
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्य�. . .
काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ �. . .