देशको खबर

नेप्से परिसूचकमा उछाल

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको �. . .


पछिल्लो २४ घण्टामा थप ५५जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय ९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले खोप लगाएका छन्। हाल देशभर को�. . .


विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा . . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएक�. . .


अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र �. . .


मेयर र सिडियो ‘रोपार’ बनेपछि…

बागलुङ । ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिर्नुभयो । रोपार उहाँको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो । प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर प्रजिअ ढकालले छु. . .


प्रत्येक वडामा सामुदायिक नर्सिङ

काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७÷०७८ देखि २०८७÷८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न. . .


टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । था�. . .


सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आग�. . .


राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गर्नुभएका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज ला�. . .


चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद�. . .


सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको शिष्टाचार भे�. . .