देशको खबर

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी,मतान्तर बढाउँदै सिके राउत

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ । मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तर�. . .


७ हजार मतान्तरले गगन थापा विजयी

काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी भएका हुन्। एमालेका राजन भट्टराईलाई थापाले ७ हजार ४४�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको �. . .


समानुपातिक मतपरिणाममा एमालेको अग्रता

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको प्रारम्भिक मतगणनामा एमाले अग्रस्थानमा रहेको छ । एमालेले ६७ हजार ८ सय ४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८ सय ७१ मतसहित दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्�. . .


सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

चितवन । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भए. . .


समानुपातिकतर्फ एमाले अगाडि, शीर्ष पाँचमा कुन कुन पार्टी ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६३ हजार २९३ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५६ हजार ३०६ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो . . .


गोरखा क्षेत्र-२ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ । पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्न�. . .


सभापति देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्. . .


महादीपदान गरी बसेका भक्तजनले शतबीज छरे

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्�. . .


चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्�. . .


अपडेट : (राति १ बजेसम्म) कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ता. . .


मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो । कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई. . .