राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिनु. . .
डडेल्धुरा । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भ�. . .
लुम्बिनी । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेद. . .
जनकपुरधाम । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनि�. . .
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । यसैगरी राष्ट्र�. . .
गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्�. . .
चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए प. . .
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर क�. . .
गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाल. . .
काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३�. . .
धनकुटा । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाच�. . .
लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्�. . .