देशको खबर

प्रदेश १ का केहि स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमणी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का थो. . .


सन्दीप लामिछाने भन्छन् : मानसिक तनावले आइसोलेशनमा छु, जतिसक्दो चाँडो नेपाल फर्किन्छु

काठमाडौं । १७ वर्षीया नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् । उनले आफूविरुद्ध वारेन्ट जारी भएको समाचार र जाहेरी सार्वजनिक हुनुले मानसिक रूपमा विछिप्त बनाएको, चिकित्सकको सल्लाहमा आइ�. . .


नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी श. . .


नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो । प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प. . .


बलात्कार प्रयास मुद्दामा थुनामा पुगेका लहानका उपप्रमुख महतो धरौतीमा छुटे

बलात्कार प्रयास मुद्दामा प्रहरीको थुनामा पुगेका सिरहाको लहानका उपप्रमुख रामचलितर महतो धरौतीमा छुटेका छन् । जिल्ला अदालत सिरहाले उपप्रमुख महतोलाई आईतवार एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश मनोज केसीको इजलासले उपप्रमुख महतोलाई एक लाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दिएको थियो । अदाल�. . .


बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

–पूर्णप्रसाद मिश्र काठमाडौँ । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व. . .


बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा

लुम्बिनी । विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा. . .


चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : अध्यक्ष दाहाल

भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ । आइतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले चलचित्र हेर्�. . .


लमजुङमा भूकम्पको धक्का

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।. . .


‘प्रेमगीत ३’ को हिन्दी संस्करण सोमबारबाट प्रदर्शनमा आउने

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करण सोमबारबाट प्रदर्शनमा आउने भएको छ । विराटनगरमा पनि क्युएफएक्स लगायतका सिनेमा हलमा उक्त चलचित्रको हिन्दी संस्करण लाग्न लागेको हो । चलचित्र बोर्डको असोज ९ गते केन्द्रीय जाँच समितिमा फिल्म जाँचका लागि सिफारिस गरेसँगै हिन्दी संस्करण सोमबारदेखि प्रदर्शनमा आउन. . .


राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानून. . .


निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निक. . .