देशको खबर

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। . . .


नुवाकोटले अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अ. . .


चितवनकाे माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चितवन । माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु.६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ. . .


मकवानपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दर्जनौँ घाइते

बागमती । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त ब�. . .


तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

दमौली । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कास्की कारागारबाट ११ मह�. . .


पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा २ सय २० जना कोरोना संक्रमण मुक्त. . .


विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको �. . .


म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै

म्याग्दी । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खा याममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमि�. . .


रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयातमा वृद्धि

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको म. . .


धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल . . .


‘होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताउनुभएको छ । फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले ल�. . .


कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदा�. . .