देशको खबर

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहने छ । कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहक�. . .


विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा ग�. . .


अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : ललितपुर महानगरप्रमुख महर्जन

ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ । पहिलो कार्यकालमा महानगरमा भएका विकासका काम �. . .


दाङका पालिकामा काँग्रेसको बर्चस्व, वडामा एमाले अगाडि

दाङ । दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र) ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ । दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रम�. . .


गोकर्णेश्वरको कार्यपालिका निर्वाचन जेठ १३ गते शुक्रबार हुने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा म. . .


राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा का. . .


‘नेपाल एक चीन नीतिमा अडिग छ कि छैन ?’ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ । आज आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत नीति. . .


सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेव�. . .


अवैध लागूऔषध सहित पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र स्पास २ क्याप्सुल सहित सोही उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय केशव महरा समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्�. . .


बागमती प्रदेशमा ७२ करोडभन्दा बढी बेरुजु

मकवानपुर । बागमती प्रदेशको सरकारी निकायमा रु.७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको बताए । उनल. . .


लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित

लमजुङ । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । गत वैशाख ३० गते सम्पन्न . . .


सुनको मूल्य घट्यो

विराटनगर । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय छ । अघिल्लो दिन उक. . .