देशको खबर

विवेकशील पार्टीको अध्यक्षमा बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन हुनुभएको छ । सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन सम�. . .


सप्तरीमा मुसहर दम्पतीलाई जग्गाधनी प्रमाणपत्र

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेंगरी वरगोरियाका ११ भूमिहीन मुसहर परिवारलाई आज जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा टेंगरीले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जग्गाधनी प्रमाणपत्र वित�. . .


मंसिर ३ सम्ममा १८ वर्ष उमेर पुगेकाले मतदानमा सहभागी हुन पाउने

काठमाडौं । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै�. . .


बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल सेन्ट्रल स्पोर्टस क्लबलाई ९१–६३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । न. . .


विदेश पठाइदिने लोभ देखाएर २२ लाख ठगी, दुई पक्राउ

काठमाडौं । बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले रु २२ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ । बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर�. . .


पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले यहाँ आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्�. . .


पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय २९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद�. . .


प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिने�. . .


निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्. . .


बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

मनाङ । बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची ब�. . .


प्रतिनिधिसभाः बीमासम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र �. . .


प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । बैठकमा सार्वजनिक ऋण व्य. . .