देशको खबर

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्द. . .


नेप्से परिसूचकको पहिरो थामिएन

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा �. . .


टिआइएबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् !

काठमाडौँ । सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो । विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवा�. . .


नेपालले बहराइनलाई हरायो

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत �. . .


‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु.१९९ बराबर पुगेको छ । बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्�. . .


दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो

चरीकोट । खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान�. . .


दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडौँ । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकर�. . .


जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले न. . .


सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो । मन्त्री कार्कीले सुनसरी हरिनगर ग�. . .


पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी ?

बलेवा । बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजन. . .


पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा फेरि बढ्यो

विराटनगर । आईतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः बढाइएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाट�. . .


देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो । देशलाई असफल बन. . .