देशको खबर

धेरै खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसके�. . .


अनुमतिबिना सामाजिक सञ्जालमा तस्बिर/भिडियो राखे कारबाही

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति-अनुमत�. . .


पछिल्लो २४ घण्टामा थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरो�. . .


प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेक. . .


कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो । पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनु. . .


१० वर्ष रित्तिएको घर फर्केपछि…

बागलुङ । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौं छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गर्नुभयो । त्यसपछि भ. . .


मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ . . .


दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा हुनुहुन्छ । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा पर्नुभएको हो । उनी मात्रै होइन आजभोलि दिउँसो र रात�. . .


राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

काठमाडौं। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो। संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।. . .


पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जन�. . .


नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण हुँदै

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु.चार अर्ब ७२ करोड बराबर लागतमा तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आब्हान गर्ने गरी काम अघि बढाइएको छ । सिँचाइ विभागका महानिर्देशक �. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९०० ले घटेर रु.९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९३ हजार रहेको छ । जसको मूल्�. . .