गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लाग्नुभएको छ । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो । गाउँका युवाको लहैलहैमा जापान पुगेका उहाँ अहिले पस�. . .
विराटनगर। विमल घर्ती मगरले ५५ औं मिनेटमा गरेको एक मात्र गोलले नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका थिए । त्यहि गोल निर्णायक बन्दै नेपाल मोरिसस विरुद्धको खेलमा विजयी बनेको हो । राष्ट. . .
काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो। . . .
तनहुँ । खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जान�. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा . . .
चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज�. . .
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुल्ला गर्ने लाग�. . .
दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पू�. . .
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । नेपाल पर्वतारोह. . .
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुक�. . .
दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताउनुभएको छ । “सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्थ�. . .
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर�. . .