पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आ�. . .
चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परि सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी ना�. . .
प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।. . .
काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो । बसको ठक्करबा. . .
रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेक�. . .
गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उहाँले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्�. . .
सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइन�. . .
नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले दक. . .
गलेश्वर । उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहँेलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै प. . .
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात�. . .
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२. . .
चितवन । भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६ नियमावली बनाएर कार्यपालिका र नगरसभाबाट पास गरि. . .