देशको खबर

देशको शान्तिसुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापना पछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उनले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्र�. . .


प्रधानमन्त्री देउवाद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट स. . .


प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउनु हुने

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने हुनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने �. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय बिनोद चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउ�. . .


स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि य. . .


नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्�. . .


मधेस प्रदेशसभाको आजकाे बैठक पुनः स्थगन

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयल�. . .


ग्रीन भेन्चर्स लिमिटेडको सर्वसाधारणका लागि आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजा. . .


आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिन ११०२ नम्बर खुला गर्ने तयारी

काठमाडौं, चैत्र ९ , आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो । कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका ब�. . .


प्याब्सन नेपालको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबार हुँदै, डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध

विराटनगर चैत्र ९ ,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरो�. . .


मौसम जानकारी : प्रदेश–१ सहित पहाडी भू–भागमा आज मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको उच्च प�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से पर�. . .