चितवन । जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा ६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो । अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्या. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई ग�. . .
मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिनुभयो । ट्रक लगभग १०० मिटर तल. . .
विराटनगर । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास�. . .
सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन् । शनिबारीय कला कार्य�. . .
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्. . .
कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन ने. . .
महोत्तरी । चुरे पहाडतिर जङ्गली हात्ती हिँड्न थालेपछि महोत्तरी र धनुषा जिल्लाका चुरे काछका बस्तीमा त्रास बढेको छ । उत्तरतर्फ प्रदेश नं २ र बागमती प्रदेशको सीमा छुट्याउने चुरे पहाडमा जङ्गली हात्तीको हिँडडुल बाक्लिएकाले दक्षिणी काछका महोत्तरी र धनुषा जिल्लाका बस्तीमा त्रास बढेको हो । यसै साता चुरेप�. . .
सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो । कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जि�. . .
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा ३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ । कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको का. . .
लमजुङ । जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन्। चा�. . .
नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्ये. . .