विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार २ सय २२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .
कालीकोट । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा . . .
ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कू. . .
बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थियो । उनलाई तत्काल उद्धार गरेर स�. . .
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो । प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्व�. . .
देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ । प्रदेश नम्बर-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य�. . .
कैलाली । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हु. . .
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय १४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
नवलपरासी (पूर्व ) । देवचुली नगरपालिका-१३ दलदलेस्थित बुलिङटार होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय केशर बहादुर अधिकारी लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूला�. . .
ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी व. . .
धादिङ । गजुरी गाउँपालिका-६ जोगिटारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-८ बस्ने २७ वर्षीय दिवश रम्तेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्. . .