देशको खबर

त्रिवि कर्मचारी सङ्घले बुझायो ज्ञापनपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा त्रिविका विभिन्न निकायमा आन्तरिक स्रोतबाट कार्यरत रहेका कर्मचारीलाई . . .


देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज यहाँ आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएक. . .


पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

काठमाडौँ । पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो । सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो । रुस र य. . .


पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ४८जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ६ सय १९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद. . .


माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गर�. . .


राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्न. . .


कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई �. . .


सांसदको जिज्ञासा : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

काठमाडौं । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिन�. . .


सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभि�. . .


राष्ट्रपतिद्वारा पूजाअर्चना

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिक�. . .


पिपुल्स पावर लिमिटेडको आईपीओ खुल्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। स�. . .


निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : आयोग

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम �. . .