देशको खबर

एसपिपीसम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ एसपिपी सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ । विनियोजन विधयेक, २०७९ अन्तर्गत रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचि�. . .


मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोक्नुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २�. . .


विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवड�. . .


यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ : अर्थमन्त्री बराल

काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९-८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ । बजेटका सम्बन्धमा मन्त्रालयले आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले महत्वकाङ्क्षी �. . .


धनगढीबाट नक्कली नोट सहित दुई जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको लु.८�. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहर. . .


अवैध लागूऔषध सहित पक्राउ

कञ्चनपुर । पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, नगद १२ हजार १८५ रुपैयाँ र ३७० भारतीय रुपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपाल�. . .


नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पार्नुभयो । प्रतिनिधिस�. . .


बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम

काठमाडौं । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवद्र्धन�. . .


चितवनमा बाघ धपाउन पाँच राउण्ड हवाई फायर

चितवन । निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको �. . .


कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

मान्म । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिनुभयो । विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । स. . .