देशको खबर

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उप�. . .


सोनाम ल्होेसारको अवसरमा भोलि देशैभर सार्वजनिक बिदा

विराटनगर । सोनाम ल्होसारको अवसर पारेर बुधबार नेपाल सरकारले मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालय मार्फत एक सुचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ �. . .


गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

गण्डकी । “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी) तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो . . .


म्याग्दी कुष्ठरोगका जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

गलेश्वर । म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा छ नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र . . .


कालीकोटमा दश वर्षमा आठहजार जनसङ्ख्या वृद्धि

कालीकोट । दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.५४ प्रतिशत छ । नतिजा अनुसार जिल्लाका नौवटा स्थानी. . .


सोनाम ल्होसार र न्वागी पर्वमा बागमती प्रदेश सरकारले दियो सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको. . .


शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दा विरुद्ध प्रेस सङ्गठन

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दा सशक्तरूपमा उठाउने नीतिगत व्यवस्था अवलम्बन गरेको छ । सङ्गठनले विचार एवं समाचारका माध्यमबाट स्वाधिन र समुन्नत नेपाल निर्माण गरी समाजवाद स्थापना गर्ने सङ्कल्पसहितको आन्तरिम विधान निर्माण गरेको हो । विभिन्न १० परि�. . .


बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्र. . .


कैलालीमा ६५ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाए

टीकापुर । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ. . .


मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास . . .


श्रमिक नपाउँदा किसानलाई छैन श्रीपञ्चमी पर्वको रौनक

महोत्तरी । “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्नुहुन्छ, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म-यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रम�. . .


लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । . . .