देशको खबर

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार चार सय पुगेको छ । दश वर्षमा छ हजार ४९८ घटेको सावि�. . .


लुम्बिनी प्रदेशमा ३३ लाखभन्दा बढीले लगाए कोरोना खोप

लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । . . .


ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालल�. . .


तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर रु. १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरु�. . .


हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा �. . .


गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्�. . .


खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डो�. . .


प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन्। सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ। तोकिएको समयमा सम्मेल�. . .


आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

दमौली । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । व्यास नगरपालिकाले आजदेखि २०. . .


हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

हुम्ला । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो । हिमपातकाबीच गाउँगाउँमा गएर तेस्रो डोजको. . .


नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बस. . .


शहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी

डोटी । पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरो�. . .