देशको खबर

प्रदेश  राजधानीमा प्रदेश सभा सदस्यकै कोठामा दिनदहाडै चोरी

सुर्खेत, २५ बैशाख ।  राजधानी वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको कर्णाली प्रदेश सभाका सदस्यको कोठामा दिनदहाडै चोरी भएको खुलेको छ । मंगलवार दिउँसो करीब २ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कालिकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठामा राखिएको नगद �. . .


नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै

काठमाडौं बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै छ ।सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाट�. . .


प्रधानमन्त्री केपी शर्मा ओली मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि जाने

काठमाडौंँ, वैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि बिहीबार त्यसतर्फ जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको नि�. . .


नागरिकताबारे सर्वोच्चको अर्को आदेश : जन्मकाे आधारमा वंशज नागरिकता बाँड्न पूर्ण बन्देज

काठमाडौं, २५ बैशाख । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ। न्यायाधीशद्. . .


बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा

काठमाडौं, २५ बैशाख । बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो . . .


गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ?

काठमाडौं, २४ वैशाख । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा फरक रक्त समूहको रगतको प्रयोगले ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ । अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले ल. . .


मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु

काठमाडौँ, वैशाख २४ गते । मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा न. . .


आज अक्षय तृतीया , जौको सातु र खुदो तथा महको सर्वत खाने चलन

काठमाडौं । आज अक्षय तृतीया । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यस दिन जौको सातु र खुदो तथा महको सर्वत खाने चलन छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्था�. . .


मदिराको मातमा १२ बजे राति शिक्षक आफ्नै विद्यार्थीको कोठामा पुगेपछि…

सिन्धुली, २४ बैशाख । दुई बालिकालाई मदिरा सेवन गरी रातको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ । बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढ�. . .


कबोल गरेको चारआना सुन दाइजो दिन बाँकी हुँदा मनिषाको हत्या !

सिरहा, २३ बैशाख ।सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भ�. . .


पूर्वसभासद् गायत्री साह र उनका श्रीमान पक्राउ

काठमाडाै, २२ बैशाख ।  पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, 'ललिपुरक�. . .


८३ वर्षीय बृद्ध पक्राउ : १३ वर्षकी बालिका बलात्कारको आरोप

कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् ।     गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई  जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । डगौरालाई कै�. . .