देशको खबर

परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम, विद्यार्थीको भविष्यमाथि खेलवाड

शिवशङ्कर मिश्र/गाेरखापत्र बारा प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बुधबार प्रथम त्रैमासिक परीक्षा स्थगित गरी आज सांस्कृतिक कार्यक्रम भइरहेकाले �. . .


पूर्वाधार नहुँदा उत्पादित विद्युत् खेर, १५ सय मेगावाट खपत बढाउने तयारी

काठमाडौं उत्पादित विद्युत् खपत नहुँदा दैनिकरुपमा चारदेखि पाँचसय मेगावाट विद्युत् खेर जाने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादनपछि विद्युत् खेर जान थालेको हो । प्राधिकरणलाई विद्युत् उत्पादनसँगै विद्युत् खपत वृद्धि गर्नुपर्ने चुनौती थपि. . .


महाकालीको बीचमा थुनिएकाको कहालीलाग्दो रात, सकसपूर्ण १७ घण्टा

लक्ष्मणदत्त पन्त महेन्द्रनगर अघिल्लो दिनको साँझबाट वर्षा भइरहेको थियो, सदाझैँ नियमित काम सकेर खाना खाएर सुतेका थियौ । श्रीमतीले राति ११ बजे एकाएक घरमा पानी भरिएको भनेर उठाइन् । उठ्दा पानीले घुँडासम्म छोइसकेको रहेछ । पानी आउने कल्पनासम्म थिएन । महाकाली यहाँबाट दुई/तीन सय मिटर पर छ, फेरि यो यति धेरै उँच. . .


गैँडाको आक्रमणबाट गम्भीर घाइते

बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो । गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन व�. . .


प्रधानन्यायाधीश जबराको पूर्ण इजलासमा पाँच मुद्दाको सुनुवाइ

काठमाडौं सर्वोच्च अदालतको पूर्ण इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भएको छ । यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरीविपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षी. . .


अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रम देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउ. . .


केरा बगानमा क्षति

अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । अविरल वर्षासँगै चलेको हावहुरीका का�. . .


बसको ठक्करबाट महिलाको मृत्यु

खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको �. . .


स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको ह. . .


दुई वर्षभित्र सबै स्थानीय तहमा भवन

नगेन्द्र सापकोटा/गाेरखापत्र काठमाडौँ सरकारले अबको दुई वर्षभित्रमा सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाउने भएको छ । कुल ७५३ स्थानीय तहमध्ये ५३५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने गरी काम अगाडि बढाइएको छ । त्यसमध्ये स्थानीय पूर्वाधार विभागले दु. . .


खोपको दोस्रो मात्रा सुरु

गोरखापत्र समाचारदाता काठमाडौँ कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ । परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात. . .


मङ्सिरदेखि बिजुलीको नयाँ दर

गोरखापत्र समाचारदाता काठमाडौँ मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदे�. . .