देशको खबर

खोप किन्न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण सम्झौता

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग रु.दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उप�. . .


कोरोनाबाट मृत्यु हुने ६०-६९ वर्ष समूहका बढी

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ। कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिक�. . .


महाशिवरात्रिमा पशुपति क्षेत्र सजाउन बत्ती र फूलमा ५० लाख खर्चिदै

काठमाडौं । महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो . . .


टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु.दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री �. . .


प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित

विराटनगर । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।. . .


शनिबार ‘प्रधानसेनापति खुला म्याराथन’ जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

काठमाडौँ । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी म�. . .


जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मङ्गलबजा�. . .


अवैध लागूऔषध सहित पक्राउ

बाँके, नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाहाबाट करिब ३ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका वडा ४ बस्ने ४० वर्षीय वीरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा २ बस्ने २३ वर्षीया खिमा खत्री �. . .


सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण दे. . .


पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलने डरले विस�. . .


हराउन थाले ऊनका कपडा

बलेवा । तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु हुनुहुन्छ । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिक्नुभएको हो । बजारका कपडाको प्रचलन नरहेका समयमा उहाँको परिवारले भेडाको ऊन निकाल्ने, त्यसबाट धागो कात्ने र कपडा बनाउने काम गर्ने गर्नुहुन्थ्यो । आफ्नो घरका �. . .


शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

विराटनगर । शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्‍का महासचिव डा.भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हाे ।. . .