देशको खबर

नेपाल-भारत खुल्ला सिमाना नियन्त्रण गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसल�. . .


प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो । शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भए. . .


घट्यो शेयर कारोबार: दिनभरीको सेयर बजार यस्तो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ क�. . .


दराजद्वारा फ्रन्टलाइन कर्मचारीलाई कोभिड खोप आरम्भ

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड-१९ खोपहरू दिन आरम्भ गरेको छ। अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाल लगायत ४ अरु दक्षिण एशियाई बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा �. . .


नेपाल सुपर लिगमा विराटनगरको विजयी सुरुवात

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ । आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गर�. . .


पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा सम्पादकहरुको जोड

काठमाडौं नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग काठमाडौंमा आइतबार गरेको अन्तर्क्रियामा सम्पादकहरुले महासंघ, पत्रकार र सञ्चार उद्यमीको सहकार्यबाटै समस्याहरु समाधान हुने बताउनुभयो । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँग�. . .


प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमि. . .


संक्रमणका हटस्पटहरुमा खण्डखण्ड गरि लकडाउन हुनसक्ने सम्भावना: परराष्ट्रमन्त्री ज्ञवाली

विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .


२०७२ वैशाख १२ को भूकम्पको छैटौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यश�. . .


२०७२ को भुईचालोमा ज्यान गुमाउनेहरुलाई स्मरण गर्दै राष्ट्रपति भण्डारीद्वारा श्रदासुमन अर्पण

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासु मन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजार�. . .


लकडाउनको मौका छोपेर व्यापारीद्वारा मुल्यवृद्धि

नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन)को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दा. . .


पूर्व राजा-रानी कोरोना उपचारका लागि अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्. . .