देशको खबर

शंकरदेव क्याम्पसमा बिबिए अध्ययनरत् विद्यार्थी सवार बस दुर्घटना

धादिङ, जेठ २३ । त्रिभुवन राजपथअन्तर्गत् धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–८, याकघरनजिकै मंगलबार विद्यार्थी सवार एक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले ज. . .


चट्याङ लागेर २ जनाको मृत्यु, ४ जना घाइते

मकवानपुर, २३ जेठ ।  बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको �. . .


संगठित सुन तस्करी प्रकरणः एसएसपी खत्री छुटे कि छुटाइएका थिए ?

काठमाडौं, २३ जेठ। जिल्ला अदालत काठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ । गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको ईजालासले वस्तुगत �. . .


केही दिनभित्रै मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ – मौसमविद्

काठमाडौँ, रासस । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा ए. . .


फेसबुकको उपयोग सामाजिक काममा , फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद

चौतारा, रासस । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो । स�. . .


स्थानीयले श्रीमतीका गरगहना बैंकमा धरौटी राखी सडक बनाए …

बझाङ, जेठ २२ गते । जिल्लाको तलकोट गाउँपालिका अन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा ९रजवार० नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ स. . .


प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस

बैतडी, जेठ २२ । बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्. . .


विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ २२ । विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । . . .


दलित भएकैले डेरा नपाएको सांसदको गुनासो

काठमाडौं, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि. . .


प्रदेश सरकारलार्इ नै प्रहरी प्रशासन चलाउने अधिकार दिन माग

काठमाडाैं । संघीय सरकारले आवश्यक कानून बनाएर प्रहरी प्रशासन आफूहरूलाई हस्तान्तरण गर्न सातै प्रदेश सरकारहरूकाे माग छ । केन्द्र सरकारले यस कार्यमा ढिलाइ गरिरहेको भन्दै प्रादेशिक सरकारहरूले सुरक्षा समन्वय लगायतका विषयमा अन्योल देखिएको बताएका छन्। सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीह. . .


सिटिईभिटीको अब सातै प्रदेशमा कार्यालय स्थापना हुने

काठमाडौं । संघीयताअनुरुप अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)को सातै प्रदेशमा कार्यालय स्थापना हुने भएको छ । शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार अब सात वटै प्रदेशमा सिटिईभिटिको प्रदेश कार्यालय स्थापना गर्ने निर्णय भएको हो । प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता �. . .


महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा

काठमाडौँ, २१ जेठ। अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।‘कुनै गर्भवतीलाई. . .