देशको खबर

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहाद�. . .


प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला न�. . .


जनै पूर्णिमा र रक्षा बन्धन मनाईदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहि. . .


एस्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्. . .


फेसबुकलगायतका विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक काम�. . .


रोल्पामा बाँदर आतङ्क यस्तो

रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो । यहाँका खेतबारीमा लगाएको म�. . .


ओमान क्रिकेट सिरिजः यस्तो छ नेपालको टोली

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको. . .


यो साता भरिको शेयर बजार यस्तो (विश्लेषण)

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्ध. . .


प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभएको छ । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा न�. . .


सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित स. . .


तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६-७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले रु ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । दश स्थानीय तहको रु १२ अर्�. . .


गैरआवसायी नेपाली सङ्घको अध्यक्षमा आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले सन् २०२१–२०२३ कार�. . .