एसिएन युथ पारा गेम्समा नेपालको झण्डा पलेशाले बोक्ने

एसिएन युथ पारा गेम्समा नेपालको झण्डा पलेशाले बोक्ने

कठमाडौँ । बहराइनको मानामा शहरमा बिहीबारदेखि सुरु हुने एसिएन युथ पारा गेम्सको उद्घाटन सत्रमा नेपालको झण्डा नेपालकी पारा ओलम्पियन खेलाडी पलेशा गोवर्धनले बोक्ने तय भएको छ ।

बहराइनको ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा पलेशालाई नेपालका ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले साथ दिनुहुनेछ । एसियन पारालिम्पिक कमिटि र बहराइन सरकारले ‘टुगेदर राइजिङ स्ट्रोङ्गर’ भन्ने नाराका आयोजना गर्न लागेको एसियन युथ पारा गेम्समा ४४ देशका एक हजार भन्दाबढी पारा खेलाडीको सहभागिता रहनेछ ।

डिसेम्बर ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशासँगै सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनमा प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा र ब्यवस्थापकमा नन्दा बस्याल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्