अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै १६ हजार ७४८ कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ । आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको हो । विहिबार बसेको आयोगको पदाधिकारी बैठकले ‘अख्तियार दुरुपयोग �. . .
एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो । धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रि�. . .
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पुनले विहिबार साँझ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उप�. . .
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै विहिबारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रु�. . .
पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्�. . .
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शनिबार बेलुकासम्म देशभर वर्षाको स. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार�. . .
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो । गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराल�. . .
पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य. . .
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क�. . .
१. ‘मदन पुरस्कार २०७६’ बाट सम्मानित हुने पुस्तक कुन हो ? ~ चन्द्रप्रकाश बानियाँको पुस्तक ‘महारानी’ [बि.स. २०१३ साल देखि प्रदान गर्न थालिएको यस पुरस्कारको हालको राशी ४ लाख रहेको छ] २. ‘हिमचितुवा’ उपनामले चिनिने आङरिता शेर्पाको निधन कहिले भयो ? ~ बि.स २०७७ असोज ५ गते [शेर्पाले अक्सिजन बिना १० पटक सगरमाथाको स�. . .
भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो । पुनः स्थापन कार्यक्रमअन्र्तगत सरकारले. . .