कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकल�. . .
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्ले. . .
१. पाँचौ संविधान दिवसको अवसरमा हरेक बर्ष प्रदान गरिने ‘नेपाल रत्न’ पदक यस वर्ष कसलाई प्रदान गरियो ? ~ कसैलाई गरिएन २. रोग बिरुद्धको प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गरिने ‘गुर्जो’को बैज्ञानिक नाम के हो ? ~ Tinospora cordifolia ३. ‘हजार हात्तीको देश’ भनेर लाओसलाई चिनिन्छ भने ‘सेतो हात्तीको देश’ भनेर कुन देशलाई चिनिन. . .
एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागार समस्यामा परेको छ । कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । एकैपटक ५०० भन्दा. . .
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलल. . .
सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ । सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य . . .
काभ्रेपलाञ्चोकमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । . . .
नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचक�. . .
१. नेपाल सरकारले आन्तरिक हवाई सेवा कहिले देखि सुचारु गरेको छ ? ~ २०७७ असोज ०५ २. नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ मानपदवीबाट कसलाई सम्मान गरेको छ ? ~ डा. सन्दुक रुइत [संविधान दिवसको अवसरमा नेपाल सरकारले ५९४ जनालाई मानपदवी(४५३ जना), अलंकार (११४जना) र पदक(२७ जना)बाट सम्. . .
मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला व. . .
गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् । चैतको १५ गते बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा रा�. . .
सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन त�. . .