देशको खबर

जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भन�. . .


विराटनगरमा स्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणामा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। २०८२ असोज ७ गते दिउँसो १२: ४५ बजे प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम. . .


मोरङ जिल्ला प्रशासन कार्यालयमा असोज ८ गतेबाट सामान्य सेवा सुचारु

विराटनगर । जेन्जि आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट मोरङ जिल्ला प्रशासन कार्यालयमा रहेको सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, फर्निचरलगायतका सामान चोरी र नष्ट भएपछि कार्यालयको सामान्य सेवा प्रवाह प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार जारी गरेको सूचनामा अ�. . .


नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनप. . .


सरकार तत्काल आर्थिक पुनःउत्थानमा लाग्नुपर्छ : नरबहादुर थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनःउत्थानमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनःउत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका �. . .


भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् �. . .


जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी �. . .


आज दशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा

काठमाडौं । आज नवरात्र अन्तर्गत दोस्रो दिन । ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदै । देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ ।यसअघि हिजो दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भग�. . .


जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निर. . .


१५ वर्षिय बालकको अपहरणपछि हत्या 

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु प. . .


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्था�. . .


यो वर्ष संस्थागत विद्यालयका २० हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन् । सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभ. . .