देशको खबर

पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। भक्तपुरको लोकन्थलीमा निर्माणाधीन एक तल्ले घरमा बम विष्फोट भएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। उनका अनुसार घरको पछाडि पट्टिको भागमा बम विष्फोट गराइएको छ। विष्फोटब�. . .


मासिक ५० रुपैयाँमा फोहोर संकलन तथा व्यवस्थापन गर्दै हेटौंडाका स्थानीय निकाय

शिवकुमार काशी हेटौँडा, मकवानपुर । स्थानीय तहको गठनपछि जनप्रतिनिधि आएपछि वातावरणीय सुधारको क्षेत्रमा विभिन्न स्थानीय तहहरुमा काम भएको पाइएको छ । देशमै सरसफाइ युक्त सहरको परिचय बनाएको हेटौँडा उपमहानगरपालिकापछि मकवानपुरकै मनहरी गाउँपालिकाले सरसफाई अभियानमा नमूना कार्यक्रम प्रस्तुत गरेको छ । पश्�. . .


कोरोनाबारे यस्ता गलत हल्ला ,थाहा पाउन जरुरी यी गलत स्वास्थ सुझाव

विश्वभरका विभिन्‍न मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको उपचारको विधि भने पत्ता लागिसकेको छैन । तर, लक्षणअनुसारको उपचार गरेर केही व्यक्तिहरुलाई भने सञ्‍चो भएको बताइएको छ । दुर्भाग्यवश कोरोना निको हुन्छ भन्‍ने विभिन्‍न स्वास्थ्य सुझावहरु आउने क्रम भने रोकिएको . . .


सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएको  छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१  प ६८६३ नम्बरको  मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ४१  प ६८६३ नम्बरका. . .


अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटे

सिबी अधिकारी काठमाडौँ, फागुन २७ गते । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको न. . .


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधिबाट सम्मान

जनकपुर, फागुन २६ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ । होलीको अवसरमा जनकपुरमा आयोजित महामूर्ख सम्मेलनबाट मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मान गरिएको हो । उनलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला पहिर्‍याइएको थियो । कार्यक्रम�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै . . .


यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

सरोज आचार्य÷यलु जोशी काठमाडौँ, फागुन २६ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । . . .


आज फागू पूर्णिमा, पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइदै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त �. . .


देशकै ठूलो सौर्य ऊर्जा प्लान्ट : बैशाखदेखि १५ मेगावाट विद्युत् उत्पादन हुने

रमेश लम्साल काठमाडौँ, फागुन २५ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आब�. . .


ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते

सर्लाही । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आँफैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाही बलरा नगरपाल�. . .


१२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरे

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्न. . .