देशको खबर

आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने ,हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख ३० । आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ । पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानम�. . .


माेरङमा हुँदा एसपी रहेका विश्वराज पाेखरेललाई डीआईजीमा बढुवा पछि दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा खनालले डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल, डा. रामकृष्णराज भण्ड. . .


अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख २९ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस. . .


दैलेखमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प

दैलेख, वैशाख २९ । सुदूरपश्चिम प्रदेशको दैलेखमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दू भएर गएराति १२ बजेर २६ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम�. . .


प्रधानमन्त्री ओली भियतनाममा , भए यस्ता नेपाल र भियतनाम द्विपक्षीय सम्झौता

भियतनाम, वैशाख २९ । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार हनोइस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटन�. . .


राजपाले अध्यक्षमण्डलीय प्रणाली हटाउने , एकल अध्यक्ष प्रणालीमा लग्ने

काठमाडौ वैशाख २९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ ।  अगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ । हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दु�. . .


‘सुन साइली’ बोलको गीतका चर्चित म्युजिसियनले बुहारीको हत्या गरेकाे आराेप

काठमाडौं, २८ वैशाख । नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमाएको थियो । गीतमा अडियो इन्जिनियरिङ उज्वल महतले गरेका थिए । उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनी आफ्नै बुहारीको निर्मम हत्या गरेको आरोपमा प्रहरी खोरमा छन् । उज्वलले गत मे महिनाम�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलर सहित भारतीय महिला पक्राउ

काठमाडौं, २८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ। नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्र. . .


अबको तीन दिनसम्म देशभरि धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने

काठमाण्डौ, २८ बैशाख ।  अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहे. . .


देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने

काठमाडौं, २७ बैशाख । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने भएपछि प्राधिकरणले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तारहरू काट्ने भएको हो । विद्य�. . .


नेपाल मै यस्तो घटना : एक बुबा जस्ले आफ्नै ११ महिने छोेरीलाई आगोे लगाएर हत्या गरे

दार्चुला, वैशाख २७ गते । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले ज�. . .


साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता

बिराटनगर बैशाख २६ , साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ । बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्�. . .