देशको खबर

एक करोड पचास लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचनका लागि �. . .


चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। का�. . .


साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर�. . .


पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशका विभिन्न ठाउँमा पार्टीले आफ्नै हिसाबले गतिविधि विस्तार गरिरहेको जानकारी दिए । उनले भने, ‘देशका विभिन्न ठाउँमा उ�. . .


तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल

रामेछाप । मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ । पारिवारिक स. . .


टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समू�. . .


राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो । आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । बैठ�. . .


आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ भने कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया ब�. . .


वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय प्रणालीमा स्थायित्व, पारदर्शिता र जिम्मेवार व्यवस्थापन कायम राख्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ प्रणालीको मजबुती र आम जनताको विश्वास कायम राख्न नियामक मापदण्. . .


विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

काठमाडौं । पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् । २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी ग�. . .


विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं । विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । लितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ । ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्त�. . .


बालेनले तताए वीरगन्जको राजनीतिक तापाक्रम

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउसो वीरगन्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश केन्द्रित प्रचार अभियान सुरु गरेका बालेन सप्तरीपछि वीरगन्ज आइपुगेका हुन् । वीरगन्ज महानगरपालिका. . .