देशको खबर

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो

काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ । कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।. . .


दुई जना प्रहरीको मृत्यु भएको पुष्टि

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको �. . .


नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी

नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश �. . .


भाटभटेनी घटनामा संलग्नता नभएको Gen Z बिराटनगरको स्पष्टिकरण

विराटनगर । भाटभटेनीमा हालै भएको लुटपाट र आगजनीजस्ता घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गर्दै Gen Z बिराटनगर ले विज्ञप्ति जारी गरेको छ ।सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा आफूहरू शान्तिपूर्ण आन्दोलनमा प्रतिवद्ध रहेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ हाम्रो आन्दोलनको उद्देश्य देशमा देखिएका अन्याय, भ्. . .


सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला

काठमाडौं । सोमबारदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सुरक्षा निकायका प्रमुखहरुले संयमित हुन आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गृह सचिव, अनुसन्धान विभागका प्रमुखहरुले. . .


बालेनले भने–अब जेनजी पुस्ताले नेतृत्व गर्नुपर्छ, संयमित हुनुहोला

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहन�. . .


एमाले सांसद श्रेष्ठ र मेयर निवासमा आगजनीसँगै तोडफोड

सिरहा । नेपका एमालेका सांसद लिलानाथ श्रेष्ठको निजी निवासमा आगजनी र तोडफोड गरिएको छ । मंगलबार देशभर प्रदर्शन गरिरहेका युवाले एमालेका सांसद श्रेष्ठका घरमा आगजनी र तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरुले एमाले सांसद श्रेष्ठसँगै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा समेत आगजनी र तोडफो. . .


बालकोटस्थित ओली निवासमा आगजनी, नेताहरुलाई सुरक्षित स्थान सार्दै प्रहरी

विराटनगर । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् । प्रदर्शनकारी उग्र बन्दै गएपछि सुरक्षाकर्मीले प्रमुख दलका मुख्य नेता�. . .


राष्ट्रपति पौडेल निवासमा आगजनी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो ।हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् । जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर �. . .


विराटनगर स्थित कोशी प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप

विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको �. . .


बाजुरामा पनि जेनजी पुस्ता सडकमा

बाजुरा । बाजुरामा पनि जेनजीको आन्दोलन सुरु भएको छ । मङ्गलबार जिल्लाको सदरमुकाम मार्तडी सहित जिल्लाका पुर्वी उत्तरी भेगको कोल्टी, पिलिचौर लगायत विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन सुरु गरेका छन् । मंगलबार बिहान ११ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् । जसअन्तर्गत सदरमुकाम मार्तडी, बु�. . .


मन्थलीमा जेनजीको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

रामेछाप । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि त्यसको विरोधस्वरूप मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि युवाहरु सडकमा उत्रिएका छन् । मंगलबार बिहान मन्थलीको देवकोटा चोकमा युवाहरु भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा प्लेकार्डसह�. . .