देशको खबर

नेपाल प्रहरीमा खुल्यो भर्ना

काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो । . . .


धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

धरान। सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर . . .


विराटनगर ८ मा ८ जना जुवाडे नगद सहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले तास खेलिरहेको गोप्य सूचनाका आधारमा बिहीबार साँझ ६ः३० बजेतिर छापा मारेर उनीहरूलाई नियन्त्रण. . .


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै . . .


दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म स�. . .


नवरात्रको पाँचौं दिन : आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पाँचौ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको पूजा आराधना गरिएको छ । शुक्रबार असोज शुक्ल चतुर्थी तिथि परेकाले दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी कुष्माण्डा देवीको चौथो दिन र पाँचौं देवी स्कन्दमाताको पाँचौं दिन पूजा आर�. . .


प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

काठमाडौं । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् । बिहीबार उनले देशको पछिल्लो अवस्था र अबका कदमहरुबारे जनतालाई जानकारी गराएकी हुन् ।पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी. . .


विराटनगरमा ख्यातिप्राप्त मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले दैनिक सेवा दिने

विराटनगर, असोज ९ , पूर्वी नेपालको ख्यातिप्राप्त नसा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल अब दैनिक रुपमा विराटनगरमा सेवा प्रदान गर्ने भएका छन्। नेपाल सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी पूरा गरी हालसालै अवकाश प्राप्त गरेका डा. पोखरेलले आफ्नो बीसौं वर्षको अनुभव र दक्षतालाई पुनः बिरामीको सेवामा समर�. . .


भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो धनजनको क. . .


युवाहरुले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । यसले पुराना दलका �. . .


नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार�. . .


नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ ः डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि स�. . .