परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक सम्पन्न

<span class='c1'>परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन</span> <span class='c2'>ठगीको विषयमा प्रेस बैठक सम्पन्न</span>

काठमाडौं । परराष्ट्र मन्त्रालयमा दक्षिण–पूर्व एसियाका केही मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक बसेको छ ।
बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्रालयका सहसचिव लोक बहादुर पौडेल क्षेत्रीले आज पहिलो चरणमा परराष्ट्रको आँखाले देखेको र भोगेको कुरा बैठकमा जानकारी गराउने उद्देश्यले बसेको बताए ।

उनका अनुसार अब प्रत्येक महिनाको दोस्रो र चौैथो शुक्रबार दिउँसो २ बजे मन्त्रालयले नियमित यस्तै खालको बैठक र पत्रकार सम्मेलन आयोजना गर्नेछ ।
उनले भने,‘पहिलो चरणमा हामीले देखेको परराष्ट्रको आँखाले देखेको र भोगेको कुरा पहिलो चरणमा यहाँहरुलाई जानकारी गराऊँ भनेर आज बैठक गर्यौं । अब प्रत्येक महिनाको दोस्रो र चौैथो शुक्रबार दिउँसो २ बजे नियमित यस्तै खालको बैठक र पत्रकार सम्मेलन आयोजना गर्ने छौं । अन्य जल्दाबल्दा विषयमा जानकारी लिने र दिने काम गर्ने छौं ।’

त्यस्तै उनले आजको बैठकमा पीडितहरुलाई ल्याएर उनीहरुको कथा प्रस्तुत गर्ने मन्त्रालयको तयारी भएतापनि कारणवस त्यो हुन नसकेको जानकारी गराए ।
‘पीडितको पहिचानको कुरामा हामीले काम गर्यौै आज यही बैठकमा पीडितहरुलाई ल्याएर छलफल गर्ने हाम्रो तयारी थियो । र उहाँहरुको कथाहरु प्रस्तुत गर्ने भन्ने हाम्रो कार्यक्रम विभिद कारणले सम्भव भएन । कतिपय मिडियामा आउन नचाहने पनि हुनुभयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्