देशको खबर

अर्थमन्त्री उज्वेकिस्तान र परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने

काठमाडौं । सरकारले उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । विहीबार बसेको बैठकले असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना ह. . .


बैङ्गिक सिस्टमलाई नकारात्मक असर पार्ने कामलाई कसूर मान्नुपर्छ : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०. . .


ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा �. . .


जसपा नेपालले गठन गर्यो कोशी नामाकरण विरुद्ध आन्दोलन परिचालन समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामाकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामाकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समि�. . .


आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकि�. . .


प्रधानमन्त्री ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अमे�. . .


सकारात्मक सोचको विकास गरेर विदेशीने क्रम रोक्नुपर्छः मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको औंल्याए । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘के. . .


अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठ�. . .


गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनु�. . .


मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज र. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजै रातिबाट लागु हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अन. . .


पार्टी विभाजन बारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजन बारे गलत प्रचार भएको बताए । उनले भने, ‘पा�. . .