देशको खबर

नयाँ स्वरुप, पुरानै आस्था : भदौ १ गतेको पर्खाइमा विराटनगरको रथयात्रा

सोनु साह,विराटनगर । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधा–कृष्ण रथयात्रा २०८२ को लागि रथ निर्माण कार्य तीव्रतर रुपमा चलिरहेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिने यो रथयात्राको तयारी यसपटक विगत वर्षहरूभन्दा फरक तरिकाले �. . .


बुढीगंगामा रहेको विराट मेडिकल हस्पिटलको चौथो तल्लामा १७ शैयाको सुविधा सम्पन्न पिड्याट्रिक पि.आई.सि. यु सञ्चालन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० शैयाबाट क्षमता वृद्धि गरी १७ शैयाको सुविधा सम्पन्न पि.आई.सि. यु (PICU) सञ्चालनमा आएको छ। हस्पिटलको चौथो तल्लामा स्थापना गरिएको यस पि.आई.सि. यु मा ३ वटा आइसोलेसन कक्षसहित १७ शैयाको व्यवस्था गरिएको छ। विराट नर्सिङ होमका सिइ. . .


राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । मन्त्र. . .


एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ । महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली . . .


इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीह�. . .


विराटनगरका नेवारी युवाहरुलाई लाखे र धिमे बाजा प्रशिक्षण

विराटनगर । नेवारी समुदायको आफ्नो मौलिक धर्म, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विराटनगर र कटहरीका स्थानिय युवा लक्षित लाखे नाच र धिमे बाजा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेवाः देय् दबु विराटनगर २ समितिको आयोजनामा कटहरी गाउँपालिका–१ स्थित कृषि बजार परिसरमा भइरहेको तालिममा विराटनगर महा. . .


अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत�. . .


राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुग. . .


अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा �. . .


साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ �. . .


चालु आवको मौद्रिक नीतिमा महासंघको धारणाः अर्थतन्त्रलाई गति दिने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको जोखिम व�. . .


राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच �. . .