देशको खबर

कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् । अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बत�. . .


कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


कुलिङ पिरियड’ सम्बन्धी विद्येयक सहमतीभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादी द्वारा आपत्ति

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी भएको सहमति सदनमा प्रस्तुत र पारित हुँदा फरक पारिएको भन्दै नेकपा माओवादीले आपत्ति जनाएको छ ।बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुग्यो भन्ने प्रश्न गर्दै य�. . .


कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता : गृहमन्त्री लेखक

बैतडी । गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन् । उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम�. . .


आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित वर्तमान मुलुकको अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद का�. . .


मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भ�. . .


निजामती सेवा विधेयकमा कुलिङ पिरियडको विवाद

काठमाडौं । निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको छ । बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको हो । उक्त निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का स�. . .


निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो ः हितराज पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै उनले कुलिङको विषयमा छेड्खानी मात्र होईन षड्यन्त्र नै भएको भन्दै समितिको सदस्य र दलको प्रमुख सच�. . .


२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

काठमाडौं । विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ ।विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो । पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संचालन र . . .


नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छः पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन् । बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नाथमको जनशक्ति एकदमै महत्वपूर्ण रहेको भन्दै यसको . . .


आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ ।शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनि गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक �. . .


राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेक�. . .