देशको खबर

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईव�. . .


राजसंस्थालाई मागी खाने भाँडो बनाइयो, पूर्वराजालाई भ्रममा राखियो : अधिकारी

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण. . .


शुक्रबारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । आज (शनिबार) उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार �. . .


ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै अपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाह नै संलग्न भएको उल्लेख गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको भवन अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पन�. . .


पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

काठमाडौँ । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ �. . .


आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगाय. . .


काठमाडौँको कर्फ्यु आदेश स्थगन

काठमाडौँ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ । काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषि�. . .


दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

काठमाडौँ । राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्य�. . .


आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता (कार्यवहाक) मनिष झाले भन्न�. . .


मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंका तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ । शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो । ‘आज मित�. . .


शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो। काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा च. . .


जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

भक्तपुर । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी दिउँसो आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्�. . .