देशको खबर

सुरक्षित आवासका लागि २६७ स्थानीय तहमा संघीय सरकारले पठायो ७९ करोड

काठमाडौं । सहरी विकास मन्त्रालयले सुरक्षित आवास कार्यक्रमका लागि २६७ स्थानीय तहलाई ७९ करोड २७ लाख रुपैयाँ बजेट पठाएको छ । सोमबार बसेको केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले छानोबिहीन रहेका नागरिकलाई समयमै छानो उपलब्ध गराउनु सरकारको दायित्व भएको बता�. . .


६ महिनामा ३ हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजाको ओसारपसार गरिरहेका नुवाकोटका बुद्धमान तामाङ, रामेछापका संजीव तामाङ र बिमला तामाङ सोमबार पक्राउ परे । उनीहरूलाई काभ्रेको पनौती नगरपालिका–५, आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले रंगेहात समातेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले लागूऔषध नियन्त्रण ऐनबमोजिम . . .


छुट्टै पोसाकमा गर्भवती प्रहरी

काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्य. . .


मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक

काठमाडौं । मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् । जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास. . .


हिउँदे अधिवेशन विधेयक ल्याउने अधिवेशन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने विश्वास दिलाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो ।. . .


व्यवसायी अरुण चौधरीसहित तीन जना थप २ दिन थुनामा

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बह. . .


उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ। आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तो�. . .


दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

बागमती । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्�. . .


टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको . . .


मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

रमेश लम्साल हेलसिन्की (फिनल्याण्ड) । दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै सङ्कटको ड�. . .


इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन . . .


मधेस प्रदेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा योजना लागू गर्न तयार

जनकपुर । मधेस प्रदेशका ४७ वटा स्थानीय तहले सामाजिक सुरक्षा योजना लागू गर्न तयार भएका छन् । महोत्तरी, धनुषा र सर्लाहीका ४७ स्थानीय तहले एकैपटक सामाजिक सुरक्षा योजना लागू गर्ने सहमति जनाउँदै सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसमेतको उप�. . .