देशको खबर

इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोट�. . .


जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलको आग्रह

जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको भन्दै उनले जलवायु �. . .


आशिका तामाङको दाबी : मेरो प्रतिस्पर्धा समाज सुधारका लागि हो

काठमाडौं । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताएकी हुन् । आशिका फाउन्डेशनको उ. . .


सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार युएसएआइडीद्वारा राजधानीमा आयोजित सिकाइ आदान–प्रदान कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष पर�. . .


स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता

काठमाडौं । मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखि�. . .


महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि

काठमाडौं । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार पत्रकार सम्मेलनमाफर्त जानकारी गराइएको हो। मानवसेवा आश्रम र मीरा फाउण्डेस�. . .


भ्रमण छोट्याएर चीनबाट फर्कियो उपसभापति वाग्ले नेतृत्वको रास्वपाको टोली

काठमाडौं । दश दिने भ्रमणका लागि चीन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोली आज स्वदेश फर्किएको छ । दश दिने भ्रमणका लागि भन्दै गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो । स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा �. . .


गरीब तथा निमुखाका लागि स्वास्थ्य सेवामा कमी नहोस् : राष्ट्रपति पौडेल

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन् । बीपी कोइराला मेम�. . .


प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सा�. . .


मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दावी

काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दावी गरेका छन् । नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त�. . .


इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बो�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर �. . .