देशको खबर

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा.महतको आह्वान

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गर. . .


अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

काठमाडौँ।   प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ �. . .


ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभिय. . .


सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन सहयोग

काठमाडौँ । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरु�. . .


लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्ला. . .


नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा

काठमाडौँ । नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जा�. . .


प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४. . .


गत आवमा एक अर्ब २६ करोडको चोरीका सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । आर्थिक वर्ष २०७८-७९ कोभन्दा आव २०७९-८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रह. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो

पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गर्नुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएक. . .


एक्काइस वर्षपछि रेल चढ्न पाउँदा……

महोत्तरी । महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सर्धँै रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भङ्गाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खु�. . .


सोमबारे औँशी मनाइयो

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर �. . .


देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुर�. . .