चितवन । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक �. . .
काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था ग�. . .
काठमाडौँ । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाई भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असा�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट न. . .
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प�. . .
काठमाडौं । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सश. . .
जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश-बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो । करिब तीन बिघा जमि. . .
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गर्नुभएको छ । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिनुहुँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गर्नुभयो । आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँ�. . .
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोध�. . .
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण . . .
काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ । चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण . . .
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहा�. . .