देशको खबर

भारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो

काठमाडौं । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ । काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जना�. . .


मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मु. . .


जलकुम्भीले सुक्दै ताल

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आ�. . .


प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्रलाई बलियो बनाउनका ला�. . .


शीर्ष नेताहरु छलफलमा

काठमाडौँ । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयल�. . .


पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज

म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा �. . .


पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

काठमाडौँ । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिनुभयो । “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटे. . .


विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताउनुभएको छ । प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई शुक्र�. . .


एनएससी–काभा महिला भलिबल : नेपाल काजकस्तानसँग पराजित

काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र �. . .


जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सङ्घीय सांसद यादव य�. . .


प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

काठमाडौँ । आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो । सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष क�. . .


नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महर्जन. . .