मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् । उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्. . .
काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । दिवसका अवसरमा विगतका वर्षहरूमा जस्तै आगामी मंगलबारदेखि ५ दिनसम्म जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको सेनाको जनसम्पर्क तथा सूचना निर्दे�. . .
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालय प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बन�. . .
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबिच तालमेल नहुँदा नतिजा आउन नसकेको बताएका छन् । आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्�. . .
जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस. . .
बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविध�. . .
काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार. . .
काठमाडौँ । छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ । भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो । सो टिभी सिर. . .
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूणर् काम गरेको सशस्त्रको भनाइ छ । आफ्नो मातहतका अ. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले �. . .
काठमाडौं । नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’(पर्यटन दूत) पाएको छ। नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो। नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको स. . .
काठमाडौं । बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको परारा. . .