देशको खबर

चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौँ । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उहाँले अभिनय गर्नुभएको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उहाँले केश मुण्डन (कपाल खौरिएको) गर्नुभएको थियो । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ. . .


पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको �. . .


ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

काठमाडौँ । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फण�. . .


नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । भारत सरकारका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग आज नयाँदिल्लीमा भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको हो । “नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो अ�. . .


महङ्गियो चलचित्र निर्माण

काठमाडौँ । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी चलचित्र निर्माणको खर्च बढेको र हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि निर्माताहरूको सङ्घ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो । त्यसको �. . .


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अं. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कल. . .


आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग . . .


एकदिवसीय वरीयतामा नेपालकाे सुधार

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्�. . .


दलित समुदायद्वारा सरकारलाई धन्यवाद

विराटनगर । जेठ २१ लाई छुवाछूतमुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेकामा दलित समुदायले वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रियय जातीय विभेद उन्मूलन दिवसका अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय दलित जनप्रतिनिधिको भेलाका सहभागीले सरकारलाई आभार व्यक्त गरेक�. . .


वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’. . .


दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी स. . .