काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा.अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो । डा.अर्याल यसअघि सञ्चार तथा सू. . .
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो । भेटमा सभामुख घि. . .
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकां�. . .
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते)देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रह. . .
काठमाडौं । माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछ�. . .
काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । श्रम, रोजगार तथा सामाजिक �. . .
काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस-रिस. . .
बनियानी । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बा�. . .
काठमाडौँ । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसा�. . .
काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन स�. . .
काठमाडौँ । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । �. . .
काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का. . .