चौथो कार्यकाल सम्हालेका पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ

<span class='c1'>चौथो कार्यकाल सम्हालेका पौडेलले भनेः सेयर</span> <span class='c2'>बजार सन्तुलित रुपमा अघि बढ्छ</span>

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ । त्यसैले मैंले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’ उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् ।

पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने बताए । अर्थमन्त्रीका रुपमा पौडेलको यो चौथो कार्याकाल हो ।
उपप्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्