केपी ओलीले लिए प्रधानमन्त्रीको पदभार

<span class='c1'>केपी ओलीले लिए</span> <span class='c2'>प्रधानमन्त्रीको पदभार</span>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन्। त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए । ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका हुन् ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्