देशको खबर

दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना

काठमाडौं । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । महानगर प्रहरीले प्रश. . .


पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो

काठमाडौँ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी क�. . .


बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्�. . .


सलले मुख थुनेर हत्या : तीन महिनादेखि खाटमुनि थियो शव

काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका-१५ शोभा भगवतीमातनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो । घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प. . .


अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीप्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदाल�. . .


एकै वर्षमा लोकसेवाका सात परीक्षा पास

मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् । उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्. . .


सेना दिवसमा विशेष प्रदर्शनी हुँदै

काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । दिवसका अवसरमा विगतका वर्षहरूमा जस्तै आगामी मंगलबारदेखि ५ दिनसम्म जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको सेनाको जनसम्पर्क तथा सूचना निर्दे�. . .


आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालय प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बन�. . .


वैदेशिक रोजगार व्यवसायीले बुझाए १९ बुँदे ज्ञापन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबिच तालमेल नहुँदा नतिजा आउन नसकेको बताएका छन् । आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्�. . .


मधेस प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस. . .


अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविध�. . .


विदेश भ्रमणका नाममा दुई अर्ब बढी खर्च

काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार. . .