देशको खबर

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९६ हजार ८०० छ । यसको मूल्य अघि�. . .


अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गर. . .


आजको मौसम : यी स्थानमा वर्षा

विराटनगर । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मध. . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक�. . .


महिला क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । हङकङको . . .


१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका-३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प. . .


प्रतिनिधिसभा बैठकः शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उहाँले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्�. . .


विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै य. . .


योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्�. . .


विदेश निर्यात हुने गरेको छ फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ । काठमाडौँ उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको विषय सहरी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ र ललितपुर �. . .


लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

विराटनगर । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गराउने भएका छन् । लामिछानेले आज एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरेक�. . .


‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’

काठमाडौं । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने �. . .