देशको खबर

मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा सुदन किरातीले आफ्नो कार्य विवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् । बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्यमु. . .


निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वा. . .


जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता . . .


विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्यतत्काल बन्द गर्न निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थ�. . .


सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो �. . .


कानुन नबन्दा संघीयता र प्रदेश सरकारमाथि हमला भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संघीयता सम्बन्धी कतिपय कानुनहरु नबन्दा विरोधीहरुले हमला गरिरहेको प्रतिक्रिया दिएका हुन् । छलफलका क्रममा प्रहरी समायोजनक�. . .


सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुवाङनजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए । त्यसको २४ घण्टा नबित्दै काठमाडौँको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलु�. . .


उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने

काठमाडौँ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको समय माघ २१ गते (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ . . .


भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण सुस्त

जाजरकोट । जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जन. . .


सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर हुन सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ । दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यसप्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र. . .


इन्जिनियरिङ अध्ययन गर्ने कार्यालय नै जीर्ण

ललितपुर । ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐत. . .


जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

जनकपुर । महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो । बोगीमै सवार अन्य यात्रु�. . .